डिफेन्डिङ च्याम्पियन जोकोभिच फाइनलमा

एजेन्सी । डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच बर्षको पहिलो ग्राण्डस्लामका रुपमा जारी प्रतिष्ठित अष्ट्रेलियन ओपनको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

उपाधि रक्षा गर्ने अभियानमा रहेका तथा करियरको १७औं ग्राण्डस्लाम जित्ने योजनामा पनि रहेको जोकोभिचले दावेदार रोजर फेडररलाई ७–६m ६–४, ६–३ को सेटमा हराए ।

फाइनलमा जोकोभिचले अब डोमिनिक थिम वा अलेक्जेन्डर जेरेवबीचको विजेतासँग खेल्नेछन् । फाइनल खेल आइतबार हुनेछ ।

महिला एकलतर्फको फाइनल समिकरण पनि पूरा

त्यस्तै अष्ट्रेलियन ओपनको महिला एकलतर्फ अमेरिकाकी सोफिया केनिन र स्पेनकी गेर्बिन मुगुरुजा उपाधिका लागि भिड्ने भएका छन् ।

फाइनल प्रवेश गर्ने क्रममा मुगुरुजाले उपाधिको दावेदार मानिएकी रोमानियाकी सिमोना हलेपलाई हराईन भने केनिनले घरेलु प्रतिद्वन्द्वी एश्लिग बार्टीलाई पराजित गरिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...