केरा खान खोज्दा म्याचबाटै आउट

एजेन्सी । वर्षको पहिलो ग्राण्डस्लामका रुपमा जारी अष्ट्रेलियन ओपनमा आइतबार एक अनौठो घट्ना घटेको छ । यो घट्नाको शिकार बने २१ बर्षे फ्रेन्च खेलाडी एलोइट बेन्चेट्रिट ।

खबरअनुसार एलोइटले मदित्री पोपसँग पुरुष एकलको क्वालिफाईङ राउण्डमा भिडिरहेका थिए । खेलकै क्रममा विश्रामका बेला एलोइटले बल ब्वायलाई बोलाएर उनीसँग केरा मगाएर त्यो केराको बोक्रा छोडाउन लगाएका थिए ।

खबरअनुसार एलोइटको हातमा ब्यान्डेज लगाइएकोले उनलाई केही समस्या भईरहेको थियो । त्यसैकारण उनले बल ब्वायले त्यो काम अह्राएका थिए । यद्यपि, एलोइटको निर्णय उनलाई घातक भईदियो ।

उनले बल ब्वायलाई त्यसो भनिरहँदा बल ब्वायले खेलको निर्णायकतिर हेर्दै केही असहजता प्रकट गरेका थिए । यो घट्ना लगतै अम्पायरले हस्तक्षेप गर्दै एलोइटलाई खेलबाट नै निस्काशन गरेका थिए ।

सोही घट्नाक्रमका बेला लिइएको एउटा भिडियो अहिले सोसल मिडियामा भाइरल समेत बनिरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...