१५ बर्षे गौफसँग फेरि हारिन भेनस

एजेन्सी । सातपल्टककी ग्राण्डस्लाम च्याम्पियन भेनस विलियम्स १५ बर्षे कोरी गौफसँग फेरि पराजित भएकी छिन् । रोचक कुरा त, गौफले गत बर्ष पनि भेनसलाई हराउँदै टेनिस जगतमा सनसनी मच्याएकी थिईन् ।

यद्यपि त्यतिबेला कतिपयले त्यो नतिजालाई संयोग मात्र मानेका थिए । तर, यस वर्ष शुरु अष्ट्रेलियन ओपनको महिला एकलतर्फ पहिलो चरणमा फेरि गौफले आफ्नै आदर्श खेलाडी भेनसलाई हराईन् ।

उत्कृष्ट शुरुवात गर्ने क्रममा गौफले भेनसलाई –६, ६–३ को सोझो सेटमा पराजित गरिन् । गौफले अब दोस्रो चरणमा रोमानियाकी सोराना सस्र्टियासँग खेल्नेछिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...