फेडररले फेरि फ्रेन्च ओपन खेल्ने

एजेन्सी । स्वीस स्टार रोजर फेडररले आगामी बर्ष हुने प्रतिष्ठित फ्रेन्च ओपन टेनिस प्रतियोगिता खेल्ने भएका छन् । स्मरणीय छ, ३८ बर्षिय फेडरर तीन बर्षपछि यसै बर्ष सम्पन्न रोलान्ड गरोस टेनिस प्रतियोगितामा खेल्दै कोर्टमा फर्किएका थिए ।

यद्यपि फेडरलले त्यो प्रतियोगितामा सेमिफाइनलसम्मको यात्रा मात्र तय गर्न सके । सेमिफाइनलमा फेडरलले चिरप्रतिद्वन्द्वी स्पेनीस स्टार राफेल नाडालसँग हार बेहोरेका थिए ।

२० पटकका ग्राण्डस्लाम च्याम्पियन फेडररले फ्रेन्च ओपन अघि खासै प्रतियोगितामा सहभागिता नजनाउने बताए । उनी भन्छन्, “म फ्रेन्च ओपनमा खेल्नेछु । सायद यो भन्दा अघि खासै सहभागिता जनाउने छैन । किनकी मलाई प्रर्याप्त समयको खाँचो छ ।”

त्यति मात्र नभएर फेडररको नजर टोक्यो ओलम्पिकमा पनि छ । जहाँ उनको लक्ष्य पुरुष एकलतर्फ स्वर्ण जित्ने समेत रहेको छ । स्मरणीय छ, फेडररले सन् २०१२ को लण्डन ओलम्पिकमा पनि फाइनल खेलेका थिए । त्यतिबेला उनी ब्रीटेनका एन्डी मुर्रेसँग पराजित भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...