डिफेन्डिङ च्याम्पियन ओसाका नकआउट

एजेन्सी । जारी प्रतिष्ठित युएस ओपन टेनिसको महिला एकलतर्फ डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका प्रिक्वाटरफाइनलबाटै बाहिरिएकी छिन् । २१ बर्षिय जापानीज स्टार ओसाकाले स्वीजरल्याण्डकी बेलिन्डा बेन्सिकसँग ७–५ र ६–४ को सोझो सेटमा स्तब्धपुर्ण हार बेहोरिन ।

यो हारसँगै ओसाकाले आफ्नो विश्व नम्बर एक वरियता पनि गुमाउने निश्चित भएको छ । उता यो जितसँगै बेन्सिक भने क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । क्वाटरफाइनलमा बेन्सिकले क्रोएशियाकी डोना भेकिचसँग भिड्ने छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...