ब्रिटिश नम्बर एक कोन्टालाई धक्का

एजेन्सी । प्रतिष्ठित युएस ओपन टेनिसको तयारीमा रहेकी ब्रिटिश नम्बर एक स्टार योहन्ना कोन्टा जारी सिनसिनाटी मास्टर्सको महिला एकलतर्फ पहिलो राउण्डमै पराजित भएकी छिन् ।

उक्त भिडन्तमा २८ बर्षिय कोन्टा क्वालिफायर प्रतिद्वन्द्वी स्वीडेनकी रेबीका पिटरसेनसँग ६–३, ३–६ र ७–५ को सेटमा पराजित भईन् । कोन्टाको यो लगातार दोस्रो हार समेत हो ।

यसअघि गत साता टोरोन्टोमा भएको रोजर्स कपको पहिलो चरणतर्फ कोन्टाले युक्रेनकी डायना यास्त्रीमेस्कासँग पराजित भएकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...