सेरेना ११औं पटक विम्बल्डनको फाइनलमा

एजेन्सी । उपाधिको दावेदार मानिएको अमेरिकी स्टार सेरेना विलिम्यस जारी प्रतिष्ठित ग्राण्डस्लाम विम्बल्डन टेनिको महिला एकलतर्फ ११औं पटक फाइनलमा प्रवेश गर्न सफल भएकी छिन् ।

फाइनल प्रवेश गर्ने क्रममा ११औं वरियताकी सेरेनाले चेक गणतन्त्रकी बारबोरा स्त्रीकोभालाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । सेरेनाले अब फाइनलमा रोमानियाकी सिमोना हलेपसँग भिड्ने छिन् ।

विलियम्सले सेमिफाइनलमा उक्त जित हात पार्न कोर्टमा केवल ५९ मिनट खर्चिन् । उता हलेपले फाइनल यात्रा तय गर्ने क्रममा सेमिफाइनलमा युक्रेनकी एलिना स्वीतोलिनालाई ६–१ र ६–३ को सोझो सेटमा हराईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...