जोकोभिचलाई तेस्रोपटक मेड्रिड ओपनको उपाधि

एजेन्सी । विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिचले यस बर्षको मेड्रिड ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि आफ्नो कब्जामा पारेका छन् । ३१ बर्षिय जोकोभिचले तेस्रोपटक यो मेड्रिड ओपनको उपाधि जितेका हुन् ।

उपाधि जित्ने क्रममा जोकोभिचले फाइनलमा ग्रीसका स्टेफानोस टिटीपासलाई एक घण्टा ३२ मिनट कोर्टमा खर्चिएर ६–३ र ६–४ को सोझो सेटमा हराए । स्मरणीय छ, टिटीपासले सेमिफाइनलमा दावेदार मानिएको स्पेनीस स्टार राफेल नाडाललाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।

यद्यपि उनले फाइनलमा भने नाडाल विरुद्ध सेमिफाइनल मै खेलेको उत्कृष्ट नतिजा र प्रदर्शनलाई उपाधि भिडन्तमा दोहोर्याउन सकेनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...