स्वीस स्टार फेडरर क्वाटरफाइनलमै स्तब्ध

एजेन्सी । स्वीस स्टार रोजर फेडरर मेड्रिड ओपन टेनिसको पुरुष एकलतर्फ क्वाटरफाइनलबाटै बाहिरिएका छन् । बिहीबार भएको कडा भिडन्तमा शुरुवाती सेटको अग्रता बनाएर पनि फेडररले अष्ट्रियन प्रतिद्वन्द्वी डोमिनिक थिपसँग ६–३, ७–६ र ६–४ को सेटमा पराजित भए ।


थिमले सेमिफाइनलमा सर्बियाका नम्बर एक स्टार नोभाक जोकोभिचको सामना गर्नेछन् । त्यस्ते दोस्रो वरियताका स्पेनीस स्टार राफेल नाडाल पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नाडालले क्वाटरफाइनलमा स्वीजरल्याण्डका स्टान वावरिन्कालाई ६–१, ६–२ को सोझो सेटमा हराए ।

पाँच पटकका मेड्रिड ओपन च्याम्पियन नाडालले वावरिन्कालाई पराजित गर्न कोर्टमा केवल ६९ मिनट खर्चिएका थिए । नाडालले सेमिफाइनलमा ग्रीसका स्टिफानोस टिटीपाससँग प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...