बृटिश स्टार मुर्रेले सन्यास लिने, मेलबर्नमा आँसु झाँदै भने “विम्बल्डनसम्म खेल्न चाहन्छु”

एजेन्सी । पूर्व विश्व नम्बर एक बृटिश स्टार एन्डी मुर्रेले आगामी प्रतिष्ठित विम्बल्डन प्रतियोगितापछि सक्रिय टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् ।

नितम्बको चोटका कारण आफ्नो व्यवसायीक करियरमा संघर्ष गरिरहेका ३१ बर्षिय मुर्रेले आगामी सातादेखि शुरु हुन गईरहेको अष्ट्रेलियन ओपनमा खेल्नेबारे पनि अनिश्चितता व्यक्त गरे ।

अष्ट्रेलियन ओपन खेल्न अष्ट्रेलिया पुगेका मुर्रेले मेलबर्नमा पत्रकारसँग कुरा आँखाभरी आँसु पारेर निकै भावुक बन्न पुगे । तीनपल्टका ग्राण्डस्लाम च्याम्पियन मुर्रेले भने, “यो पिडाका बीच म थप चार–पाँच महिना खेल्न सक्छु भन्नेमा निश्चित छैन । म विम्बल्डनसम्म खेल्न चाहन्छु तर म निश्चित रुपमा भन्न सक्दिन ।”


यद्यपि उनले अष्ट्रेलियन ओपनमा भने खेल्ने बताए । मुर्रेले अष्ट्रेलियन ओपनको पहिलो चरणमा २२ औं वरियताका स्पेनीस प्रतिद्वन्द्वी रोबर्टा बौटिस्टासँग अर्को साता खेल्ने कार्यक्रम छ ।

बीबीसीका अनुसार गत जनवरीमा आफ्नो नितम्बको शल्यक्रिया पश्चात् जुन महिनामा कोर्टमा फर्किएका मुर्रेले त्यसयता केवल १४ खेल मात्र खेल्न सकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...