एजेन्सी । शनिबार सम्पन्न प्रतिष्ठित विम्बल्डन टेनिस च्याम्पियनसिपको महिला एकलतर्फ उपाधि जेतेकी जर्मनीकी एन्जलिक केरबेरले आफ्नो बाल्यकालको सपना पूरा भएको बताएकी छिन् ।
फाइनलमा ३० बर्षिय केरबेरले दावेदार मानिएकी अमेरिकी स्टार सेरेना विलियम्सलाई ६–३, ६–३ को सोझो सेटमा हराउँदै करियरको तेस्रो ग्राण्डस्लाम जित्न सफल भएकी थिईन् । यो उनको पहिलो विम्बल्डन उपाधि थियो, जुन उनले सानैबाट जित्ने सपना बुनेकी थिईन् ।
🏆 Brilliant Kerber
😰 Sweaty Nadal
🦋 ButterfliesWatch the quirkier moments from day 12 of #Wimbledon
🎥👉 https://t.co/WAdWhil1uP#bbctennis pic.twitter.com/8lrVudZ4y4
— BBC Sport (@BBCSport) July 15, 2018
फाइनल भिडन्त अघिसम्म पनि ३६ बर्षिय विलियम्सलाई नै उपाधिको बलियो दावेदार मानिएको थियो । सात पटककी विम्बल्डन च्याम्पियन विलियम्सले आफ्नो सन्तानलाई जन्म दिएको मात्र दश महिना भएको छ । यद्यपि उनी करियरको किर्तिमानी २४ औं ग्राण्डस्लाम जित्ने संघारमा थिईन् । तर यी अमेरिकी स्टारको त्यो योजना केरबेरले तत्कालका लागि समाप्त पारिदिएकी छिन् ।