सेरेना आठौं विम्बल्डन उपाधि नजिक

एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलिम्यसले जारी विम्बल्डन च्याम्पियनसिपतर्फ महिला एकलको फाइनलमा जर्मनकी एन्जलिक केरबेरसँग भिड्ने भएकी छिन् । आठौं विम्बल्डन उपाधि जित्ने अभियानमा रहेकी सेरेनाले सेमिफाइनलमा जुलिया गोर्जेसलाई ६–२ र ६–४ को सोझो सेटमा हराईन् ।


उता अर्को सेमिफाइनलमा केरबेरले पनि शानदार सोझो सेटको जित दर्ता गरिन् । फाइनल प्रवेश गर्ने क्रममा केरबेरले लात्भियाकी जेलेना ओस्टापेन्कोलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरिन् ।


विलियम्बस र केरबेर शनिबार उपाधिका लागि भिड्ने छन् । शनिबारको फाइनल खेललाई सन् २०१६ को विम्बल्डन च्याम्पियनसिपको रि–म्याचका रुपमा समेत हेरिएको छ । त्यतिबेला पनि यी दुई फाइनलमा भिडेका थिए र सेरेनाले ७–५ र ६–३ को सेटमा जित हासिल गर्दै उपाधि जितेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...