शानदार फेडररलाई सांघाई मास्टृर्सको उपाधि

सांघाई मास्टृर्स उपाधिका साथ फेडरर । (तस्विर एजेन्सी)

एजेन्सी । स्वीस स्टार तथा प्रतिष्ठित विम्बल्डन च्याम्पियन रोजर फेडररले सांघाई मास्टर्स टेनिस प्रतियोगिताको एकल उपाधि जित्न सफल भएका छन् ।

उपाधि जित्ने क्रममा फेडररले विश्व नम्बर एक तथा चिर प्रतिद्वन्द्वी स्पेनका राफेल नाडाललाई ६–४ र ६–३ को सोझो सेटमा हराए ।

यस बर्ष आफूले खेलेका खेलहरुमध्ये केवल ४ खेलमा मात्र पराजय बेहोरेका ३६ वर्षिय फेडररले  फाइनल भिडन्तमा नाडाललाई हराउन कोर्टमा मात्र ७२ मिनट खर्चिए ।


प्रतिक्रिया दिनुहोस

Loading...