
डान इभान्स । (तस्विर एजेन्सी)
एजेन्सी । चर्चित बृटिश टेनिस खेलाडी डान इभान्स प्रतिबन्धित लागुपदार्थ प्रयोग गरेको आरोपमा १ वर्षका लागि प्रतिबन्धमा परेका छन् ।
यी बृटिश स्टारले डोपिङ परिक्षण गर्दा प्रतिबन्धित कोकेन प्रयोग गरेको पाइएको थियो । यद्यपि २७ वर्षिय इभानले आफूले प्रयोग गर्ने नियमित औषधीमा उक्त कोकेन गल्तीले मिसिन पुगेको बताएका थिए ।
अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ) का अनुसार उनीमाथि लागेको प्रतिबन्ध अर्को वर्षको २४ अप्रिलसम्म जारी रहनेछ ।