विश्व च्याम्पियन खानको सन्यास

काठमाडौं (एजेन्सी) । विश्व च्याम्पियन बृटिश बक्सर अमिर खानले व्यवसायीक बक्सिङबाट सन्यासको घोषणा गरेका छन् । ३५ बर्षिय खानले शुक्रबार १७ बर्षे आफ्नो बक्सिर करियरमा पूर्णविराम लगाएका हुन् ।

व्यवसायीक बक्सिङका सफलतम बक्सर मध्ये एक खान पूर्व लाईट वेल्टरवेज विश्व च्याम्पियन समेत हुन् । त्यति मात्र नभएर उनले सन् २००४ मा भएको एथेन्स ओलम्पिकमा ब्रिटेनका लागि ओलमिपक खेलमा प्रतिष्ठित रजत पदक पनि जितेका थिए ।

सन् २००५ मा व्यवसायीक बक्सिङ करियर शुरु गरेका खानले समग्रमा ३४ म्याचमा जित र ६ भिडन्तमा हार बेहोरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...