बास्केटबल लिजेण्ड जोर्डनको जर्सी करोडौंको किर्तिमानी मुल्यमा बिक्री

एजेन्सी । बास्केटबल खेलका पर्याय बनिसकेका हस्ती खेलाडी माइकल जोर्डनले आफ्नो खेलाडी जिवनका बेला लगाएको जर्सी करोडौंको किर्तिमानी मुल्यमा बिक्री भएको छ ।

युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका लागि सन् १९८२–८३ को दोस्रो सिजन खेल्ने क्रममा जोर्डनले लगाएको जर्सी १ मिलियन पाउण्ड अर्थात १६ करोड नेपाली रुपैयाँ भन्दा बढी मुल्यमा बिक्री भएको छ ।

जुन मुल्य आफैमा एक किर्तिमान समेत हो । यसअघि बिक्री भएको जोर्डनको जर्सी भन्दा अहिलेको यो जर्सीको मूल्य तीन गुणा बढी रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्मरण रहोस, यसअघि जोर्डनले सन् १८८६–८७ ताका बुल्सका लागि खेल्ने क्रममा लगाएको जर्सी ३ लाख ४३ हजार पाउण्डमा बिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...