विश्व च्याम्पियन रेसिङ ड्राइभर हेमिल्टनलाई कोरोना संक्रमण

एजेन्सी । विश्व खेलकुद जगत नै कोरोना भाइरस महामारीको चपेटमा परिरहेका बेला कार रेसिङ खेललाई केही हदसम्म सुरक्षित मानिएको थियो । तर, सातपटकका विश्वविजेता बृटिश चालक लेविस हेमिल्टनलाई कोरोना पोजिटिभ देखिएपछि अहिले रेसिङ खेल पनि कोभिड–१९ को चपेटमा नराम्ररी फस्ने संकेत देखिएको छ ।

स्मरण रहोस, ३५ बर्षिय हेमिल्टनले आइतबार मात्र प्रतिष्ठित बहराईन ग्राण्डप्रिक्सको उपाधि जितेका थिए । रिपोर्टअनुसार हेमिल्टन स्वस्थ रहेको बताइएको छ । उनमा कोरोनाको लक्षण पनि कम देखिएको र उनी फिट रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टअनुसार हेमिल्टन हाल आइसोलेसनमा छन् । स्मरण रहोस, उनले गत साता मात्र टर्की ग्राण्ड प्रिक्सको उपाधि जित्दै सर्वाधिक फार्मूला वानको उपाधि जित्ने किर्तिमानको बराबरी गरेका थिए । त्यो उनको करियरको सातौं ग्राण्ड प्रिक्स उपाधि थियो । यसअघि यो किर्तिमान जर्मनका लिजेण्डरी रेसर माइकल सुमाकरको नाममा थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...