सिटीको जितको यात्रा रोकियो (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीको प्रिमियर लिगमा १२ खेलको जितको यात्रामा शनिबार पूर्णविराम लागेको छ । साउथाम्पटनसँग उसकै घरमा १–१ को बराबरीमा रोकिएपछि सिटीको जितको यात्रा पनि रोकिन पुगेको हो ।

खेलमा अग्रता पनि घरेलु टोली साउथाम्पटनले नै लिएको थियो । खेल शुरु भएको सातौं मिनटमै वाकर पिटर्सको गोलबाट साउथाम्पटनले सनसनीपूर्ण अग्रता बनाएको थियो । तर घरेलु टोलीले त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो ।

दोस्रो हाफको ६५औं मिनटमा एमरिक लापोर्टेले सिटीका लागि बराबरी गोल फर्काउँदै टोलीको सम्भावित हार टारे भने साउथाम्पटनसँग महत्वपूर्ण अंक पनि खोस्न सफल भए ।

यो बराबरी नतिजाका बावजुद सिटी २३ खेलबाट ५७ अंकका साथ शिर्ष स्थानमा यथावत छ । उता साउथाम्पटन भने २२ खेलबाट २५ अंकका साथ लिगतालिकाको १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...