अन्तर स्कुल नेटबल प्रतियोगिताका शुरु

सेब स्कुलका खेलाडी पुष्पकुञ्ज बिरुद्ध स्कोर गर्ने प्रयासमा ।

काठमाडौं (खेलदैनिक) । मंगलदीप र सामाखुसी इङलिस बोडिङ स्कुल (सेब) प्रथम अन्तर स्कुल नेटबल प्रतियोगिताको बिहिवार सेमिफाईनलमा प्रवेश गरेका छन् । बौद्धको मंगलदीपले लिग खेलमा अपराजित रहदै ३ खेलबाट ९ अंक जोड्दै समूह ए को बिजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो ।

पहिलो खेलमा एञ्जल्स्हार्टलाई ११–० ले हराएको मंगलदीपले दोश्रो खेलमा सेबलाई ११–४ स्कोरले रोक्यो । एक खेलमा भने उसले वाकओभरबाट ३ अंक प्राप्त गर्यो । त्यस्तै तीन खेलबाट ६ अंक जोडेको सेबले पुष्पकुञ्जलाई १२–७ ले तथा नवोदीत स्कुललाई १७–२ को फराकिलो अन्तरले हरायो ।

नेपाल नेट बल सघको आयोजनामा त्रिपुरेश्वरको कर्भड हलमा संचालन भएको खेलमा समूह बी बाट स्वप्नबाटिका बिजेता तथा जनसेवा उपबिजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका छन् । सेमिफाईनलमा मंगलदीपले जनसेवा तथा स्वप्नबाटिकाले सेबसग खेल्नेछन् । सेमिफाईनल र फाईनलका दुवै खेल शुक्रवार हुनेछन् ।

प्रतियोगिताको उद्घाटन नेपालका लागि अष्ट्रे्िलियाका राजदूत पिटर बडले गरेका थिए । काठमाडौका १० स्कुलको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन गरिएको हो । प्रतियोगिताको बिजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने संघका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिनु भयो । प्रतियोगिताको अनुमानित खर्च ४लाख ५० हजार लाग्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...