स्पोर्टस अवार्ड स्थगित

बिर्तामोड, वैशाख ७ । नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाले वैशाख ९ गते गर्ने भनेको झापा स्पोर्टस अवार्ड स्थगित भएको जनाएको छ ।

मञ्चले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै स्थानीय तहको निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा पुरस्कार वितरण गर्न नमिल्ने भएकाले अर्को मिति तय नभइञ्जेलसम्मका लागि अवार्ड स्थगित भएको जनाएको छ ।

मञ्चका अध्यक्ष रमेश समदर्शी राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा अवार्डको तयारी र प्रायोजकसँगको सम्झौता गर्न समय अभाव भएकाले पनि अवार्ड स्थगित गरिएको उल्लेख छ ।

मञ्चको विशेष बैठक बसेपछि अर्को मिति तोकिने पनि विज्ञप्तिमा उल्लेख छ । मञ्चले वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), वर्ष खेलाडी (युवा) र उत्कृष्ट वर्ष प्रशिक्षकको विधामा अवार्ड गर्न लागेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...