झापाले स्पोर्टस् अवार्ड गर्ने

जिल्लामै पहिलोपल्ट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ), झापा समन्वय शाखाले ‘स्पोर्टस् अवार्ड’ गर्ने भएको छ ।

बुधबार बसेको मञ्चको बैठकले वैशाख ९ गते अवार्ड वितरण गर्ने निर्णय गरेको हो । मञ्चका अध्यक्ष रमेश समदर्शी राईका अनुसार विभिन्न चार विधामा अवार्ड वितरण गरिनेछ । अध्यक्ष राईले भने, ‘वर्ष उत्कृष्ट खेलाडी (पुरुष र महिला १-१ जना), उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक अवार्डका चार विधा हुन् ।’ झापा जिल्लामा रहेर खेलकुदमा संलग्न जुनसुकै विधाका खेलाडी तथा प्रशिक्षकको प्रदर्शनको मूल्याङ्कन गरी अवार्ड वितरण गरिने उनले बताए ।

अवार्ड वितरण समारोहलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । मञ्चका सचिव पर्वत पोर्तेलको संयोजकत्वमा प्रतिभा छनौट उपसमिति गठन गरिएको छ भने कोषाध्यक्ष बुद्ध तामाङको नेतृत्वमा आर्थिक व्यवस्थापन उपसमिति र सदस्य सृजन घिमिरेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य पङ्कजविक्रम नेम्बाङले आफ्नो भाइ स्व. आशिषविक्रम नेम्बाङको स्मृतिमा पुरस्कार राशिको सौजन्य गर्ने तय भएको आर्थिक समिति संयोजक तामाङले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...