मञ्चका पूर्व अध्यक्ष राजवंशीलाई मातृशोक

काठमाडौं (खेलदैनिक) । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई मातृशोक परेको छ । राजवंशीकी आमा राधादेवी राजवंशीको ७४ बर्षको उमेरमा शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

मञ्चका सचिव मिर्गौलासम्बन्धी रोगबाट पीडित राधादेवीको तीन महिनादेखि उपचार भइरहेको थियो । दिवंगत भएकी राजवंशीकी आमाको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारजनले जनाएको छ ।

हाल बीबीसी नेपाली सेवाका संवाददाता रहेका खेलपत्रकार राजवंशी एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) का कोषाध्यक्ष समेत हुन् ।

शोकसन्तप्त परिवारजनमा खेलदैनिक परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।


प्रतिक्रिया दिनुहोस

Loading...