राजवंशी एआइपिएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित

काठमाडौं (खेलदैनिक) । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी आज एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

पाकिस्तानको इस्लामावादमा शनिबार भएको एआइपिएस एसियाको विशेष साधारणबाट दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशीको कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए । २५ मध्ये राजवंशीले १८ र अलीले ७ मत प्राप्त गरेकी थिइन् ।

एक कार्याकाल सदस्य रहेका राजवंशी गत बर्ष कोषाध्यक्षमा निर्वाचित भएका थिए । यो जितसँगै राजवंशी स्वतः मञ्चको केन्द्रिय समिति सदस्य समेत बनेका छन् । मञ्चको विधान अनुसार कुनै सदस्य खेलकुद पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था र नेपाल पत्रकार महासंघमा निर्वाचित भएमा केन्द्रिय सदस्य हुनेछन् ।

राजवंशीले आफ्नो जितलाई मञ्च र समग्र नेपाली खेलकुद पत्रकारहरुको जितका रुपमा आफुले लिएको बताएका छन् ।

मञ्च सन् २००६ देखि एआइपिएस एसिया सदस्य बनेको थियो । मञ्चले गत एआइपिएस एसियाको केन्द्रिय समितिको बैठक काठमाडौंमा आयोजना गरेको थियो । राजवंशी पहिलो पटक २०१२ मा एआइपिएस एसियाको सदस्य निर्वाचित भएका थिए । उनी २०६० साल देखि निरन्तर नौं मञ्चको अध्यक्ष रहेका थिए ।

२०५२ सालमा समाचारपत्र दैनिकबाट खेलकुद पत्रकारिता सुरु गरेका राजवंशी अहिले बिबिसी नेपाली सेवामा कार्यरत छन् ।

विशेष साधारण सभाले कुवतेका सल्लाम अली अलसाहीमा अध्यक्ष सहित १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अलसाही, प्रथम उपाध्यक्षमा दक्षिण कोरियाका हि डन जुङ र महासचिवमा पाकिस्तानका अम्जद अलि मलिक निर्विरोध निर्वाचित भएका थिए ।

५ उपाध्यक्ष, १ कोषाध्यक्ष र ८ सदस्यका लागि भने निर्वाचत भएको थियो । नेपालबाट राजवंशी र मञ्चका महासचिव प्रकाश तिमल्सिनाले विशेष साधारण सभामा भाग लिएका थिए । साधारण सभामा २८ सदस्य देशका ७० बढी प्रतिनिधिको सहभागिता थियो ।

खेलकुद पत्रकाहरुको अन्तर्राष्ट्रिय संस्था एआइपिएसका अध्यक्ष जियानी मेर्लोको सभाका विशेष अतिथिका रुपमा रहेका थिए । निर्वाचित कार्यसमितिको पहिलो बैठक आजै बसेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...