अवार्डको रकम पत्रकार संस्थालाई सहयोग

पोखरा, २४ असार । अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले आफूले पोटो पत्रकारिता अवार्डबाट पाएको रकममा व्यक्तिगत रकम थप गरी पत्रकारसँग सम्बन्धित संस्थाहरुलाई सहयोग गरेका छन् ।

‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड’बाट प्राप्त पुरस्कार २५ हजार रूपैयाँमा उनले व्यक्तिगत १५ हजार रूपैयाँ थप गरी ४० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

रञ्जितले नेपाल पत्रकार महासंघ कास्की शाखालाई २० हजार रुपैयाँको साउण्ड सिस्टम सहयोग गरेका छन् भने राष्ट्रिय फोटो पत्रकार समूह कास्कीलाई २० हजार रूपैयाँ नगद सहयोग गरेका छन् ।

शनिबार महासंघको कास्की शाखा भवनमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई साउड सिस्टम र समूहका उपाध्यक्ष ईन्द्रप्रसाद पौडेललाई नगद हस्तान्तरण गरे ।

फोटो पत्रकारिताको माध्यमबाट अवार्ड पाउन सफल भएकाले महासंघ र समूहलाई सहयोग गरेको उनले बताए ।

‘सहयोग गर्न पाउँदा निकै खुसी छु,’ उनले भने । गत वैशाखमा एनएफपिजे ग्रेस इन्टरनेशनल खेलकुद फोटो पत्रकारिता अवार्ड रञ्जितले जितेका थिए ।

राष्ट्रिय फोटो पत्रकार समूहले पहिलोपटक अवार्ड आयोजना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...