म्याराथुन धावक रोकाया र पारसलाई ‘कीर्तिमय राष्ट्रदीप पदक’

काठमाडौं, जेठ १५ / म्याराथुन धावक हरिबहादुर रोकाया र नेपाली क्रिकेटका कप्तान पारस खड्का कीर्तिमय राष्ट्रदीप पदक बाट विभुषित हुने भएका छन् ।

दशौं गणतन्त्र दिवसका अवसरमा सरकारले रोकाया र खड्कालाई कीर्तिमय राष्ट्रदीप पदक दिने घोषणा गरेको हो। साथै क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालाई पनि प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ।

गृह मन्त्रालयले मानपदवी, अलंकार पदक पाउनेहरुको नाम आज घोषणा गरेको हो। पदक पाउनेहरुलाई एक वर्षपछि राष्ट्रपतिले सम्मानित गर्ने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस

Loading...