खेलकुद शीर्षकमा एमाले घोषणापत्र: ५० हजार सिट क्षमताका तीन अन्तर्राष्ट्रिय रंगशाला

यही वैशाख ३१ गते हुने स्थानीय तह चुनावका लागि राजनीतिक पार्टीहरुले घोषणापत्र सार्वजिनक गरिरहेका छन् । उनीहरुले विकास निर्माणसँगै खेलकुदलाई पनि समेटेका छन् ।

नेकपा एमालेले पनि सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै ‘सक्षम खेलाडी : प्रतिस्पर्धी खेलकुद’ शीर्षकमा खेलकुदका लागि ६ वटा बुँदा उल्लेख गरिएको छ। सम्पूर्ण नेपाली जनतालाई कुनै न कुनै खेलकुदमा भाग लिनुपर्ने व्यवस्था गरिने उल्लेख छ ।

सार्वजिनक घोषणापत्र अनुसार राजधानीको काठमाडौं, भक्तपुर र ललितपुरमा ५० हजार सिट क्षमताका अन्तर्राष्ट्रिय स्तरका तीन रंगशाला निर्माण गर्ने उल्लेख छ।

यस्तै प्रत्येक प्रदेश सदरमुकाममा एक अत्याधुनिक साधन सम्पन्न खेलग्रामसहितका अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिने छ।

राजधानीमा एक खेलकुद विश्वविद्यालयन प्रदेश सदरमुकाममा खेलकुद आवासीय विद्यालय तथा महाविद्यालय सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । खेलाडीलाई रोजगराीको कुरा पनि समेटिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...