पोखरामा अन्तराष्ट्रिय स्तरको स्केटिङ सेन्टर निर्माण

पोखरा, १६ वैशाख । पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरको स्केटिङ सेन्टर निर्माण गरिएको छ । विभिन्न १६ देशका ३५ जना विदेशीहरुले उक्त सेन्टरको निर्माण गरेका हुन् ।

सेन्टरको शनिबार एक कार्यक्रमका बिच पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले औपचारीक रुपमा उद्धघाटन गर्नुभएको हो ।

सेन्टर निर्माणमा करिब २५ हजार डलर खर्चभएको जनाईएको छ । उक्त खर्च र अन्तराष्ट्रिय स्केटिङ संघले नै जुटाएको संघका अप्रेसन म्यानेजर जोन चोकोन्सले बताउनुभयो । सेन्टरले यस क्षेत्रको स्केटिङ् खेलको विकासमा विषेस योगदान गर्ने खेल अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

स्केटिङ पश्चिमा देशहरुको लोकप्रिय खेल मध्येको एक हो । यो खेल एक्लै खेल्न सकिने खेलमा पर्दछ । यसको मज्जा व्यक्ति स्वयमले एक्लै भएपनि भरमग्दुर लिन सक्छ ।

नेपाल मै उत्कृष्ट भनिएको स्केटिङ र्याम पोखरामा निर्माण गरिए पछि यस क्षेत्रका स्केटिङ् खेलाडी र नयाँ प्रतिभाहरुले खुसि व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय स्केटिङ संघका अप्रेसन म्यानेजर जोन चोकोन्सको नेतृत्वमा रहेको विदेशीहरुको समुहले उक्त र्याम निर्माण गरिएको हो ।

अमेरिका, वेलायत, डेनमार्ग, अष्ट्रेलिया, वेल्जियम, जापान, दक्षिण कोरिया, क्यानडा, फ्रान्स, जर्मनी लगायतका देशका प्राविधिक देखि विभिन्न क्षेत्रमा दक्षता हासिल गरेकाहरुले र्याम निर्माण गरेका हुन् ।

सन्, २०२० मा जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिकमा पहिलो पटक स्केटिङ समाबेस हुन लागेकाले पनि पछिल्लो समय अन्तराष्ट्रिय स्केटिङ संघले उक्त खेलको विस्तारमा जुटेको जानकारवालाहरुले तर्क गरेका छन् ।
पोखरा रंगशालाको करिब ५ सय बर्ग मिटर क्षेत्रफलमा स्केटिङ मैदान अर्थात र्याम निमार्ण गरिएको हो ।

नेपालमा यस खेलको विकास र विस्तारको लागि अन्तराष्ट्रिय स्केटिङ संघले एक जना प्राविधिक तथा प्रक्षिशक समेत उपलब्ध गराउने भएको छ । पोखरामा यो नयाँ खेल भएकाले यसले पोखराको खेल र पर्यटन गतिविधी सकारात्मक प्रभव पार्ने अनुमानहरु गरिएका छन् ।

नेपालमा यस खेलको राम्रो सम्भावना भएको तर्कहरु गरिएका छन् । यस क्षेत्रमा करिब ४ सय स्केटिङ्का खेलाडीहरु रहेका छन् ।

हाल नेपालमा काठमाडौ र पोखरामा नीजिस्तरबाट स्केटिङको सामान्य विकास भए पनि पोखरामा निर्माण गरिएको उक्त र्यामको प्रभावका कारण सरकारलाई स्केटिङ विकासमा लाग्न बाध्य तुल्याउने खेलाडीहरु विश्वास लिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...