अवकास प्राप्त कर्मचारीलाई बिदाई

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफु मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको छ ।

विभागका निर्देशक अर्जुन बि.क., उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा लगाएर बिदाई गरे । यस्तै विभागका अन्य बरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक एवं कर्मचारीहरुले पनि अवकास प्राप्तहरुलाई टिका तथा खादा लगाएर विदाई गरे ।

कार्यक्रममा बोल्दै विभागका निर्देशक एवं कार्यक्रमका प्रमुख अतिथी बि.क.ले अवकास प्राप्त प्रशिक्षकहरुलाईसरकारी नियमका कारण उमेर हदले अवकास प्राप्त भएको भन्दै राज्यका लागि उहाँहरुको बिज्ञता र ज्ञानको अझै आवश्यकता रहेको बताए ।

अवकास प्राप्त गर्नेहरुमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), बरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), बरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराते) रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...