राखेपमा बिरोध र्याली

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले संयुक्त रुपमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतलाई ध्यानाकर्षण गर्दै बिहिबार बिरोध र्याली आयोजना गरेको छ ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरुले राखेप प्राङ्गणबाट ¥याली निकाल्दै दशरथ रङ्गशालाको मुल गेट अगाडी सम्म बिरोधको ब्यानर सहित र्याली गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्मा लामो समय देखि कार्यकारी रहेका सदस्य सचिवको विवादका कारण सर्वोच्चमा मुद्धा बिचाराधिन रहेको छ । जसका कारण बिश्वमा नेपाललाई चिनाउने खेलकुदको सम्पूर्ण गतिबिधी ठप्प भएको छ । कर्मचारीहरुले दुई महिना देखि तलब पाएका छैनन् । खेलकुद गतिविधी ठप्प भएको छ ।

नीतिगत निर्णय गर्नु पर्ने कार्यहरु हुन सकेका छैनन् । त्यसैलाई सम्वोधन गर्दै खेलकुदका तीन संस्थाले सम्वन्धित निकायलाई ध्यानाकर्षण सहित छिटो भन्दा छिटो समस्याको निराकरण गरि गाठो फुकाउन आव्हान गर्दै बिरोध ¥यालीको आयोजना गरेको हो ।

खेलकुद ऐनमा राखेपमा सदस्य सचिव नहुदा अथवा भ्याकुमको अवस्था रहेमा नयाँ बैकल्पिक बाटो अपनाउन सक्ने ब्यवस्था गरेको छ । तर यती लामो समय सम्म पनि युवा तथा खेलकुद मन्त्रालय मुक दर्शक बन्दै खेलकुदलाई अनिर्णयको बन्दि बनाईरहेको छ – कर्मचारी संघका अध्यक्ष थापाले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...