सुनसरीको बराहमा कभर्डहल बन्ने

सुनसरीको बराह नगरपालिका वार्ड नं. ९ स्थित राजावासमा कभर्डहल बन्ने भएको छ । करिब २ हजार दर्शक क्षमता रहने कभर्डहल स्थानिय र राखेपको साझेदारीमा निर्माण गर्न लागिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले कभर्डहलको सिलान्यास गरेका छन् । सरस्वती माविको ७ कट्ठा १५ धुर जग्गामा बन्न लागेको उक्त कभर्डहलले ५० गुणा ११० वर्गमिटर क्षेत्रफल ओगट्ने पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकीले जानकारी गराए ।

कुल लगानीमा स्थानियको ७० प्रतिशत र राखेपको ३० प्रतिशत लगानी रहने बताइएको छ । ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको राजावास कभर्डहल निर्माण समितिका अध्यक्ष जयेश राईलाई उद्धघृत गर्दै सदस्य बुढाथोकीले जानकारी गराए ।

भलिबल कोर्टको सिलान्यास:

इनरुवाको बलाह बहुमुखी क्याम्पसमा पनि भलिबल कोर्ट बन्ने भएको छ । ८ कट्ठा १५ धुर क्षेत्रफलको जग्गालाई घेराबारा र २ भलिबल कोर्ट निर्माण गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष पोष्टकुमार नेपालले सदस्य–सचिव विष्टलाई जानकारी गराएका थिए । त्यसमा सदस्य–सचिव विष्टले राखेपको तर्फबाट १५ लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...