रंगशालामा सागको भव्य उद्घाटन

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) को आधिकारिक रुपमा आइतबार भव्यताका साथ उद्घाटन भएको छ । दशरथ रंगशालामा भएको उद्घाटन कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिईन् ।

अबको दश दिन नेपाल खेलकुदमय बन्नेछ । प्रतियोगितामा खेलाडी, अफिसियल, स्वयंसेवी, पत्रकार लगायत गरी पाँच हजार भन्दा बढीले सागमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहभागिता जनाउने छन् ।

(तस्विर : अन्नपुर्ण पोष्ट)


प्रतिक्रिया दिनुहोस

Loading...