सागमा दुर्घट्ना विमा राखेपले व्यहोर्ने

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक, अफिसियल, रेफ्री, स्वयंसेवक लगायतहरुको दुर्घट्ना बिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गर्ने भएको छ ।

राखेपले आएमई जनरल इन्स्युरेन्ससँग ५ लाख बराबरको सम्झौता गरेको छ । जसअनुसार प्रतियोगिताभरि कसैलाई कुनै सम्भाविट दुर्घट्ना भए त्यसवापतको खर्च राखेपले व्यहोर्ने छ ।

सोमबार एक कार्यक्रमका बीच राखेपका सदस्य सचिव रमेश सिलावल र आइएमईका तर्फबाट योगेश भक्त श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

स्मरण रहोस, यहि डिसेम्बर १ देखि १० तारीखसम्म नेपालले आयोजना गर्न गईरहेको सागमा करिब ५ हजार भन्दा बढी खेलाडी तथा पदाधिकारीहरुको सहभागिता रहने अनुमान गरिएको छ ।

(तस्विर : उज्यालो)


प्रतिक्रिया दिनुहोस

Loading...