यस्तै बन्ला त महत्वाकांक्षी पोखरा स्टेडियम ?

पोखरा (खेलदैनिक) । महत्वाकांक्षी पोखरा स्टेडियम निर्माणका लागि थुप्रै विदेशी तथा केही स्वदेशी निर्माण कम्पनीले चासो दिएका छन् ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अनुसार थुप्रै निर्माण कम्पनीहरुले स्टेडियम निर्माण योजनामा सहभागी हुन चासो देखाएको बताएको छ ।

स्रोतका अनुसार खेलकुद विकास समितिले चिनिया निर्माण कम्पनीहरुबाट प्रभावित भएको बताईन्छ । चिनिया निर्माण कम्पनीले स्टेडियम १० महिनाभित्र तयार गरिसक्ने दावी समेत गरेका छन् ।

करिब १०० करोडको लगानीमा निर्माण हुन गईरहेको गईरहेको पोखरा स्टेडियमका लागि कोटेशन राष्ट्रिय खेलकुद परिषद्ले छिट्टै खोल्ने तयारीमा छ ।

सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई ध्यानमा राख्दै नेपाल सरकारले यो स्टेडियमको निर्माण कार्य शुरु गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...