बहुउद्देशीय कभर्डहलको मन्त्री केसीद्धारा शिलान्यास

काठमाडौं । नेपालले आयोजना गर्ने आगामी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रतियोगिताहरुलाई मध्यनजर राख्दै राजधानीमा अत्याधुनिक कभर्डहलको शिलान्यास गरिएको छ ।

करिव ७५ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको कभर्डहलको मंगलबार युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले शिलान्यास गरेका थिए ।

७४ रोपनी पाँच आना दुई पैसा क्षेत्रफलमा निर्माण हुने कभर्डहलको दर्शक क्षमता पाँच हजार रहने छ । कभर्डहल निर्माणका लागि ८३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै कभर्डहल क्षेत्रमा २४ रोपनी जग्गा पार्किङका लागि छुट्याईएको छ । तीन सय ३५ वटा गाडी र तीन सय ८७ वटा मोटरसाइकल पार्किङ क्षेमता रहेको ।

उक्त निर्माण हुने नयाँ कभर्डहलमा इन्डोरमा खेलिने ह्याण्डबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिसलगायतका खेल खेल्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...