युवा तथा खेलकुद मन्त्रीमा केसी

काठमाडौं (खेलदैनिक) । नेपाली कांग्रेस पार्टीका नेता राजेन्द्र कुमार केसी बुधबार नेपालको युवा तथा खेलकुद मन्त्री भएका छन् ।

मन्त्री केसीले सोमबार नै सपथ ग्रहण गरेका छन् । नेकपा एमालेको तर्फबाट राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा नियुक्त भएका केशव विष्टसँगको तालमेल नवनियुक्त खेलकुद मन्त्री केसीको प्रमुख चुनौति हुने धेरैको अनुमान छ । यी दुईबीचको सहकार्यले नै नेपाली खेलकुदको भविष्य निर्धारण गर्ने धेरैको बुझाई छ ।

नवनियुक्त खेलकुद मन्त्री केसीका लागि आगामी वर्ष नेपालमा हुने दक्षिण एशियाली खेलकुद, क्रिकेट विवाद र खेलकुदका भौतिक संरचना पूर्ननिर्माण लगायतका विषय उनका लागि मुख्य चुनौति हुनेछन् ।

दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आगामी वर्ष नेपालमा हुँदैछ भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले नेपाली क्रिकेटमाथि लगाएको प्रतिवन्ध अझै फुकुवा भएको छैन ।

त्यस्तै २०७२ को महाभूकम्पले क्षति पुराएर जिर्ण बनेको नेपालको एकमात्र राष्ट्रिय स्टेडियम दशरथ रंगशालाको पूर्ननिर्माण पनि अझै हुन सकेको छैन ।

यद्यपि आफ्नो कार्यकालमा खेलकुद मन्त्री केसीले नेपाली खेलकुदका लागि के–कति गर्लान् त्यो त आउने दिनहरुमा नै थाहा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...