अन्तर्राष्ट्रिय मार्शल आर्ट्स संघमा नयाँ नेतृत्व

अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपालका नवनिर्वाचित पदाधिकारीहरु ।

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपाल (आईएमए) को दोश्रो साधारणसभाले १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । जसको अध्यक्षमा प्रकाश श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा रामजनक कट्वाल र कृष्णप्रसाद सिवाकोटीले उपाध्यक्ष, प्रशान्त प्रधानले महासचिव, सुस्मिता तामाङले सचिव तथा लक्ष्मीकुमारी बम्जनले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । ।

मधुसुदन पाठक, पिंकी खड्का, लालबहादुर तामाङ, रणदीप गोले, लक्ष्मण तामाङ, धीरज उपरकोटी र विनोद योञ्जन सदस्यमा चयन भएका छन् । ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख समेत रहेका प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...