विक र रमिता उत्कृष्ट

नेपालका विकबहादुर थामी र रमिता माझी दोश्रो अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।नेपाल वादोरियो कराते संघद्वारा आयोजित प्रतियोगितामा विकले दोहोरो स्वर्ण प्राप्त गरे । उनले पुरुष ४५ केजी र एकल कातामा स्वर्ण जिते । रमिता महिलाको ५० केजीमा स्वर्ण हात पार्न सफल भइन् ।

प्रतियोगितामा नेपाल २३ स्वर्ण, २२ रजत र ९ कांस्यसाथ टिम च्याम्पियन बन्यो । दोश्रो स्थानमा रहेको भारतले ४ स्वर्ण, ४ रजत र ३७ कांस्य जित्यो । १ रजत र ५ कांस्यसाथ भुटान तेश्रो स्थानमा सीमित भयो । अन्य सहभागी राष्ट्रमा पाकिस्तानले १ रजत तथा बंगलादेशले ३ कांस्य हात पारे । श्रीलंका पदकविहीन बनेको आयोजकले जनाएको छ ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक संघका अध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा नेपालसहित ६ राष्ट्रका ३ सय २५ खेलाडीले विभिन्न २७ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...