कराते टोली जर्मनी प्रस्थान

इल्बे इन्टरनेसनल कपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाल सितोरियो सेइकोकाइ टोली मंगलबार जर्मनीको ह्याम्बर्ग प्रस्थान गरेको छ ।

मे २१ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा गोविन्द खनाल, सुजन पराजुली र छिरिङ दोर्जी लामाले प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य फत्तबहादुर गुरुङ र अफिसियलमा केशवकुमार बस्नेत रहेका छन् । टोलीलाई राखेपका निमित्त सदस्य–सचिव गंगाबहादुर थापाले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...