खड्का इटाली प्रस्थान

एकेएफ जज तथा डब्लुजीकेएफ रेफ्री विसनसिंह खड्का इटालीमा हुने कुरोदया मास्टर क्लास काेंग्रेसमा सहभागी हुन मंगलबार इटाली प्रस्थान गरेका छन् । काेंग्रेस मे १९ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ ।उक्त काेंग्रेस सकिएपछि खड्का इटालीबाट नेडरल्यान्ड जानेछन् । खड्का त्यहाँ मे २७ देखि २९ तारिखसम्म हुने कुरोदया सेमिनार तथा तालिममा सहभागी हुनेछन् ।

खड्कालाई केआईएफ कुरोदय मार्सल आर्ट संघ नेपालका अध्यक्ष एवं प्रमुख प्रशिक्षक धीरबहादुर विष्ट, वरिष्ठ उपाध्यक्ष भानबहादुर चन्द, महासचिव सुरेन्द्रसिंह विष्ट र नेपाल गोजुरियो कराते डो संघका सदस्य पुकार छन्त्यालले मंगलबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...