अन्जली र निशालाई स्वर्ण

ब्लेसकी अन्जली महर्जन र सोतोकानकी निशा श्रेष्ठले पाँचौं उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिला ३० केजीमा अन्जलीले आयोजक केन्द्रीय डोजोकी रोशना खड्का तथा ३५ केजीमा निशाले नरहरिपुरकी मुना शाक्यलाई फाइनलमा पराजित गरे ।

पुरुषको ३० केजीमा ब्लेसका सन्देश गुरुङ पहिलो भए । उनले फाइनलमा सोतोकानका निखिल केसीलाई हराए । पुरुष ६० केजी फाइनलमा सुन्दरीजलका सरोज तामाङले नरहरिपुरका राजकुमार श्रेष्ठलाई पाखा लगाउदै पहिलो स्थान हात पारे ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...