चिरन र डायमन्ड फाइनलमा

राष्ट्रिय किक बक्सिङको उद्घाटन गर्ने क्रममा खेल सामाग्री हस्तान्तरण गरिदै ।

काठमाडौं (खेलदैनिक) । गण्डकी प्रदेशका चिरन राई र बाग्मती प्रदेशका डायमन्ड राई मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको फुल कन्ट्याक्टतर्फ पुरुष ५५ केजीमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा चिरनले बाग्मतीका विमल वाइबा तथा डायमन्डले बाग्मतीकै जेम्स अवाललाई पराजित गरे ।

राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगिताको के– वान पुरुष ५५ केजीमा बाग्मतीका मनोज राना मगर फाइनलमा पुगे । सेमिफाइनलमा उनले गण्डकीका योमन मोक्तानलाई हराए । फाइनलमा योमनले बाग्मतीका तीर्थराज थापा र गण्डकीका अनुज कार्कीबीचको विजेतासंग प्रतिस्पर्धा गर्ने छन् ।

फुल कन्ट्याक्टको महिला ४५ केजीमा बाग्मतीकी दीक्षा कार्कीले सोही प्रदेशकी रेश्मा ब्लोनलाई पाखा लगाउदै बाग्मतीकै मिङमा डोल्मा लामासंग फाइनल भेट पक्का गरिन् । मिङमा वाइ पाउदै फाइनलमा पुगेकी हुन् ।

के– वान पुरुष ६५ केजीमा बाग्मतीका सविर श्रेष्ठ, लजोन कार्की र डिकेन श्रेष्ठ तथा गण्डकीका सचिन लामा सेमिफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । फुल कन्ट्याक्ट (के वान) को पुरुषमा ९ र महिलामा ५, स्कोरिङ फाइटको पुरुष÷महिलामा समान ६ तथा लाइट कन्ट्याक्टको पुरुष÷महिलामा समान ७ गरी जम्मा ४० स्पर्धामा भिडन्त भइरहेको । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...