मार्सल आर्टस्का पाण्डेलाई मानार्थ पीएचडी

काठमाडौं (खेलदैनिक) । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्णप्रसाद पाण्डलाई मानार्थ पीएचडी इन मार्सल आर्ट्स एन्ड स्पोर्ट्स एडुकेसन शुक्रबार प्रदान गरिएको छ ।

संघकै आयोजनामा सुरु अन्तर्राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट् तालिमको उद्घाटन अवसरमा पाण्डेलाई युनिभर्सिटी वल्र्ड कम्ब्याट एमए कलेजबाट प्राप्त सो पद्वी प्रदान गरिएको हो । त्यसै अवसरमा पाण्डेलाई केन्पोको एसियाली प्रमुखको जिम्मेवरी दिइएको प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

खुकुरी मार्सल आर्ट्सका संस्थापक ग्रान्डमास्टर डा. जगदीशसिंह खत्रीले पाण्डेलाई प्रमाण पत्र हस्तान्तरण गरे । सेल्फ डिफेन्सकी प्रशिक्षक सन्जु महर्जन पनि सोही अवसरमा सम्मानित भइन् । दुईदिने तालिममा ३० जना सहभागी छन् । भारतबाट आएका खत्रीले सहभागीलाई प्रशिक्षण दिने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...