रविन र सञ्जय फाइनलमा

काठमाडौं (खेलदैनिक) । नुवाकोटका रविन तामाङ र एपीएफका सञ्जय राई दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ५०.५–५५ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले धनगढीका नवीन ऐर तथा सञ्जयले ललितपुरका हिरन राईलाई पराजित गरे ।

पुरुष ४०.५–४५ केजीमा नुवाकोटका सुमन थापा मगर र धनगढीका निवेश कठायत, ६०.५–६५ केजीमा केन्द्रका कुलदीप कार्की र एपीएफका रोहित चुनारा, ६५.५ केजीमाथि केन्द्रका अनिश दाहाल र काठमाडौंका रोनिश सुब्बा, ३० केजीमुनि धनगढीका नरेन्द्र मौनी र केन्द्रका सुनिल थापा, ३०.५–३५ केजीमा सिन्धुपाल्चोकका नवीन दनुवार र सर्लाहीका सुमित विकले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै फाइनलमा स्थान पक्का गरे ।

धापासीस्थित श्रीसमाज भवनमा भइरहेको प्रतियोगिताको महिला ४० केजीमुनि सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी प्रशंसा ठकुरी तथा ४५ केजीमाथि नुवाकोटकी पद्मा तामाङ र सर्लाहीकी चाँद यादवले सेमिफाइनलमा स्थान बनाए । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...