प्यानक्रेसनमा कपिललाई स्वर्ण

काठमाडौं (खेलदैनिक) । कपिल तामाङले छैटौं राष्ट्रिय प्यानक्रेसन प्रतियोगितामा स्वर्ण जितेका छन् । नेपाल प्यानक्रेसन एथ्लिमा संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५०–५५ केजी फाइनलमा कपिलले दीपक तामाङलाई पराजित गरे ।

मत्छेगाउँमा भएको प्रतियोगिताको पुरुष २५–३० केजीमा मोनिक लामा तथा ४५–५० केजीमा समिर मगरले स्वर्ण जिते । महिला ३०–३५ केजीमा सम्झना तामाङ, ४०–४५ केजीमा विपसना श्रेष्ठ र ५०–५५ केजीमा साइना महर्जनले पहिलो स्थान हात पारे ।

विजेतालाई आयोजक संघ अध्यक्ष बुद्धरत्न श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिशा नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा सात प्रदेशका १ सय १२ खेलाडीले विभिन्न १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव स्वयम्भूराज डंगोलले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...