प्युठानमा हाप्किडोको प्रशिक्षण शुरु

प्युठान (खेलदैनिक) । प्युठानस्थित माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयमा हाप्किडोको प्रशिक्षण सुरु भएको छ । माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले प्रशिक्षकको उद्घाटन गरेको छ । प्युठानमा यो हाप्कीडोको तेस्रो डोजो हो । प्युठान हाप्किडो प्रशिक्षक टेकराज केसीले प्रशिक्षण दिने छन् ।

पहिलो चरणमा २५० जनालाई प्रशिक्षण दिइने छ । उद्घाटन समारोहमा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय मास्टर काली बहादुर घर्ती मगरको पनि उपस्थिती थियो ।

१ हजार भन्दा बढी विद्यार्थी तथा खेलाडीको उत्साहबर्धक उपस्थिती रहेकाले चरणबद्ध प्रशिक्षण गराउदै जाने प्रशिक्षक टेकराजले वताए । प्रशिक्षण जारी माण्डवी माध्यमिक विद्यालय प्युठानका नमुना सामुदायीक विद्यालय हो । शिक्षा क्षेत्रमा यो विद्यालय उदाहरणीय विद्यालयको रुपमा परिचित रहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी रोकाले अनुशाषित हुदै खेलमा सक्रिय रहे यहाँका विद्यार्थी र खेलाडीले चाडोँ नै प्रगती गर्ने वताए । उनले गाउँपालिकका अन्य सामुदायीक विद्यालयमा पनि यो खेललाई विस्तार गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

मास्टर घर्ती मगरले हाप्किडो खेललाई स्वास्थय,शिक्षा,पर्यटन,सामाजीक,राष्ट्रियता, पहिचान र जनजिवनसंग जोड्नु पर्ने वताए । उनले देशभरी विद्यालय तहबाटै शिक्षासंगै हाप्किडो खेललाई पनि लाने वताए । कार्यक्रम मुक्ती पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...