तामाङको नेतृत्वमा फुलकन्ट्याक्ट संघ गठन

काभ्रे (खेलदैनिक) । नेपालमा बुदोकैदो नेपाली मार्शल आर्ट खेल विकास र विकासका लागि काभ्रेपलाञ्चोकमा काभ्रे जिल्ला बुदोकैदो फुलकन्ट्याक्ट संघ गठन भएको छ ।

काभ्रेपलाञ्चोक स्थित जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा एक कार्यक्रमका बीच गठन समितिको अध्यक्षमा बिबेक तामाङ निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा नबिना तामाङ, सचिवमा बिमल तामाङ, कोषाध्यक्षमा तेज बहादुर तामाङ र सदस्यहरुमा वीर सिं लामा, लक्ष्मी तामाङ र सम्झना मोक्तान रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...