कुरोदय सेल्फ डिफेन्समा कुँवर, बिष्ट पनि सम्मानित

दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता दीपक विष्ट (बीच) लाई सम्मान गरिदै ।

काठमाडौं (खेलदैनिक) । केआईएफ कुरोदय सेल्फ डिफेन्स मार्सल आर्ट संघको पहिलो चुनावी साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य एकेन्द्रबहादुर कुँवरको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । यसअघि धीरबहादुर विष्ट संघका संस्थापक अध्यक्ष थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ र विद्या चाम्लिङ, महासचिवमा सुरेन्द्रसिंह विष्ट, सचिवमा कुमार गुरुङ, सह–सचिवमा सुनिल राजकर्णिकार र कोषाध्यक्षमा अशुतोष बस्न्यात रहेका छन् । महासचिव विष्ट संघका प्रमुख प्रशिक्षक पनि हुन् ।

सरोज भण्डारी, तेजेन्द्र शर्मा पौडेल, सिर्जना अधिकारी, योजना रेग्मी, बसन्तराज वाइबा, ध्रुव केसी, प्रकाश बस्नेत, वीरबहादुर लिम्बू र राजु पौडेल सदस्यमा चयन भए ।

केआईएफ कुरोदय सेल्फ डिफेन्स मार्सल आर्ट संघका नवनिर्वाचित पदाधिकारीहरु ।

संघको बैठकले ३ उपाध्यक्ष र १३ सदस्य पनि मनोनयन गरेको छ । सदीक्षा चन्द शाह, सन्तोषमणि न्यौपाने र विनसिंह खड्का उपाध्यक्षमा मनोनित भए । सदस्यमा मनोनितहरुमा निरज तिवारी, प्रकाश रावल, दीपक देउवा, सरोज भण्डारी, तेजेन्द्र पौडेल, हेमन्त भट्टराई, कृष्णप्रसाद चापागाईं, बसन्तराज वाइबा, टीकाप्रसाद भट्टराई, बाबुकाजी केसी, स्वर्णिमा दाहाल र अनु थापा मगर रहेका छन् ।

साधारण सभाको राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे । पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरण गरे । कार्यक्रममा दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...