कुङफु टोली बंगलादेश प्रस्थान

दोश्रो अन्तर्राष्ट्रिय कुङफुमा सहभागी हुन जाने खेलाडी बिदाइपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । दोश्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा सहभागी हुन बूढानीलकण्ठ उमा कुङफु क्लबका तीन खेलाडी बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

जुलाई ११ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा सञ्जयराज पुटुवार, सियाङ तामाङ र अयुब घिमिरेले प्रतिस्पर्धा गर्ने छन् । तीनै खेलाडीको खेल जुलाई १२ तारिखमा हुने क्लबका मुख्य प्रशिक्षक सुकमान लामाले जनाएका छन् ।

सञ्जय भारतमा भएको दक्षिण एसियाली कुङफु तथा सियाङ र अयुब थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ को सहयोगमा खेलाडी प्रतियोगितामा सहभागी हुन लागेको बताइएको छ । टोलीलाई वडा ५ का अध्यक्ष विजय तामाङ, क्लबका अध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष किशोर केसी र सल्लाहकार शंकरदास श्रेष्ठलगायतले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे । बिदाइका अवसरमा वडा अध्यक्ष तामाङले खेलाडीले पदक जिते उचित पुरस्कारबाट सम्मान गर्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस

Loading...