चितवनमा मुवाँथाइ च्याम्पियनसिप हुने

भरतपुर (खेलदैनिक) । चितवन जिल्ला मुवाँथाइ संघको आयोजनामा मिस्टर एन्ड मिस मुवाँथाइ च्याम्पियनसिप साउन पहिलो साता हुने भएको छ ।

प्रतियोगितामा पुरुष तथा महिलामा समान ५–५ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष उत्तम गुरुङले जनाएका छन् । ३० खेलाडीको सहभागिता रहने बताइएको छ ।

फाइनल भिडन्त काठमाडौंमा हुने छ भने त्यसअघिका प्रतिस्पर्धा चितवनको भरतपुरमा खेलाइने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...