नेपालकी पलिस्थालाई स्वर्ण

चौथो इन्डो–नेपाल मुवाँथाइ प्रतियोगिताको प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । चौथो इन्डो–नेपाल मुवाँथाइ प्रतियोगिताको महिला ४० केजीमा नेपालकी पलिस्था कक्षपतिले आइतबार स्वर्ण जितेकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको फाइनलमा पलिस्थाले भारतकी गोकुल वाणीलाई पराजित गरिन् ।

नेपाल राष्ट्रिय मुवाँथाइ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २२ केजीमुनि नेपालका प्रिन्स कार्कीले नेपालकै प्रकट कार्कीलाई हराउदै पहिलो भए । पुरुष ३१ केजीमुनि नेपालका स्वरुप बल पहिलो पहिलो तथा भारतका श्रीधर दोश्रो भए ।

महिला २८ केजीमुनि भारतकी भुवनेश्वरीले फाइनलमा नेपालकी रेश्मा ब्लोनलाई पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् । पुरुष ४६ केजीमुनि नेपालका मनोज महर्जन पहिलो र नेपालकै दिनेश बिडी दोश्रो भए । पुरुष ५० केजीमुनि नेपालका एलेक्स तामाङ पहिलो तथा भारतका गोकुल केआर दोश्रो बने । पुरुष ४३ केजीमुनि भारतका इलान गोवान पहिलो तथा नेपालका मनीष सापकोटा दोश्रो भए । पुरुष ५० केजीमुनि भारतका बसन्त एसआर पहिलो तथा नेपालका भिम्पा तामाङ दोश्रो भए ।

महिला ५३ केजीमुनि भारतकी योगेश्वरी पहिलो तथा नेपालकी डेनिका राई दोश्रो भए । पुरुष ३९ केजीमुनि नेपालका अनिशकुमार शाह पहिलो तथा भारतका मोलिस दोश्रो भए । पुरुष ३७ केजीमुनि नेपालका सौगात गोल पहिलो तथा नेपालका राजाबाबु कार्की दोश्रो भए ।

पुरुष ६१ केजीमुनि नेपालका डिप्लव थापा पहिलो तथा भारतका अनिश दोश्रो भए । पुरुष २६ केजीमुनि नेपालका प्रवीण अधिकारीले स्वर्ण तथा नेपालका पृथ्वी कक्षपतिले रजत जिते । पुरुष ५० केजीमुनि नेपालका सन्जिव तामाङ पहिलो तथा नेपालका सूर्य गोहिबार दोश्रो भए ।

पुरुष ६० केजीमुनि नेपालका गुणराज रुचाल पहिलो तथा नेपालकै दिनेश जिमी दोश्रो भए । पुरुष ५५ केजीमुनि नेपालका यानब थुलुङ राई पहिलो तथा नेपालकै प्रदीप तामाङ दोश्रो भए । पुरुष ६५ केजीमुनि नेपालका अजय खत्री पहिलो तथा नेपालकै सन्यध्वज वाइबा दोश्रो भए । महिला ५५ केजीमुनि नेपालकी विद्या गुरुङ पहिलो तथा नेपालकै प्रमिला तामाङ दोश्रो भए ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । एकदिने प्रतियोगितामा नेपालबाट ३२ तथा भारतबाट १२ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...